फजेड एक्स (FZX) जुन १८ मा सार्वजनिक हुँदै

यामाहाको नयाँ मोटरसाइकल एफजेड एक्स (FZX) आगामी जुन १८ तारिखमा इन्डियामा सार्वजनिक हुने भएको छ । विभिन्न मध्यमहरुमा सार्वजनिक भएका तस्विरहरुको आधारमा  एफजेड एक्स (FZX) रेट्रो अवतारमा आउने कुरा एकिन गर्न सकिन्छ । यसमा अरु एक्स एस आर (XSR) रेञ्जका मोटरसाइकलहरुमा जस्तै गोलो हेडल्याम्प, परिवर्तित फ्युल ट्यांक हुनेछ ।

Yamaha logoअहिले उपलब्ध एफजेड समान एफजेड एक्स (FZX) १४९ सीसी क्षमताको एफआई इन्जिन ५ स्पीडको गियरबक्सका साथमा उपलब्ध हुनेछ। उक्त इन्जिनले ५५०० आरपीएममा १३.३ एनएम टर्क तथा ७२५० आरपीएममा १२.४ पीएस पावर र उत्पादन गर्ने छ। विभिन्न अनलाइनमा उपलब्ध विवरणलाई आधार मान्ने हो भने एफजेड एक्समा (FZX)१३३० एमएमको ह्वीलवेस  हुनेछ भने यसको लम्बाई तथा चौडाई २०२० एमएम र  ७८५ एमएम हुनेछ । यसका साथै एफजेड एक्सको ब्रेक तथा ससपेन्सन(suspension) पनि अहिले उपलब्ध एफजेड समान हुनेछ। एफजेड एक्सका अन्य फिचरहरु जुन १८ तारिखमा मोटरसाइकल सार्वजनिक भए पछिनै एकिन हुनेछ।

गोलो हेडल्याम्प, परिवर्तित फ्युल ट्यांक तथा रेट्रो अवतारमा यो मोटरसाइकल कतिको रुचिमा पर्छ त्यो त अब हेर्न केहि समय पर्खननै पर्छ । तर यस मोडललाई यामाहाको ब्रान्डको नाम, त्यसमाथि नि FZ नामले केहि फाइदा भने अवश्य हुनेछ।       

Leave a Reply

Your email address will not be published. Required fields are marked *