नाडा ईभी एक्स्पो

आजदेखि नाडा ईभी एक्स्पो सुरु

काठमाडौंमा आजदेखि नाडा ईभी एक्स्पो सुरु भएको छ । नाडा मोबाइल्सको आयोजनामा भृकुटीमण्डपस्थित प्रदर्शनीमा हलमा हुन लागेको एक्स्पोको उद्घाटन अर्थमन्त्री जनार्दन शर्मा द्वारा गरिएको हो ।

चार दिनसम्म चल्ने एक्स्पोमा ५१ ओटा स्टल र ब्लक छन् । एक्स्पोमा अवलोकनकर्ताले विभिन्न ब्रान्डका चार पाङ्ग्रे, तीन पाङ्ग्रे र दुई पाङ्ग्रे विद्युतीय सवारी साधनको अवलोकन गर्न पाउनेछन् ।

यसका साथै एक्स्पोमा अटो पत्रिका विभिन्न टायर र ब्याट्री ब्रान्ड तथा ग्यारेज उपकरण कम्पनीको उपस्थिति रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *