Toyota

टोयोटा मोटर कर्पको करिब तीन लाख प्रयोगकर्ताको डेटा चोरी

चर्चित गाडी निर्माता कम्पनी टोयोटा मोटर कर्पले शुक्रबार एक विज्ञप्ति जारी गर्दै आफ्ना तीन लाख ग्राहकको डेटा चोरी भएको बताएको छ ।

कम्पनीका अनुसार ‘टि-कनेक्ट’ सेवा (सवारीलाई नेटवर्कसँग जोड्ने टेलिम्याटी सेवा ) प्रयोग गर्ने ग्राहकको ईमेल आईडी र ग्राहक नम्बर चोरी भएको र उक्त डेटा इन्टरनेटमा सार्वजनिक भएको पनि हुनसक्ने कम्पनीले जानकरी दिएको छ।

ईमेल आईडी र ग्राहक नम्बर चोरी भएता पनि ग्राहकको नाम, फोन नम्बर, क्रेडिट कार्ड नम्बर साथै अन्य कुनै विवरण भने चोरी नभएको कम्पनीको दाबी छ ।

चोरी भएको डेटा सन् २०१७ देखि सेवाका लागि कम्पनीको वेबसाइटमा साइनअप गरेका प्रयोगकर्ताहरूको भएको कम्पनीले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *